चितवन विशेष
कुवेतमा कार्यरत चितवनका युवाको मृत्यु,कोरोनाले शव ल्याउन समस्या
०
दोहा, असार २-
वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ। चितवन भण्डारा-५ का बिनोद बुर्लाकोटीको मृत्यु भएको हो। कलेजोमा समस्या देखिएपछि कुवेतको अदान अस्पतालमा भर्ना भएका बुर्लाकोटीको गत आइतबार मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।
उनको शवलाई कम्पनी तथा परिवारसँग समन्वय गरेर चाँडै नेपाल पठाइने दूतावासले जनाएको छ। उनी तीन बर्षदेखि त्यहाँको नवाफ मुतेरी कम्पनीमा कार्यरत रहेका थिए। कोरोना महामारीका कारण कुवेत–नेपाल सीधा हवाई उडान बन्द हुँदा सोमबार मात्र कुवेतमा मृत्यु भएका चार नेपालीको शव दूतावासले कतारको दोहा हुँदै नेपाल पठाएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























