चितवन विशेष
देवघाटको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई लक्ष्मी शर्माद्वारा खाना एवम् दक्षीणा प्रदान
– विनय आचार्य
चितवन, असार १
देवघाटको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई आज (मंगलबार) खाना एवम् दक्षीणा प्रदान गरिएको छ ।
बेलायत निवासी लक्ष्मी शर्माले आफ्ना स्वर्गीय माता र पिताको सम्झनामा बिहानी तथा रात्रिकालिन खानाको ब्यवस्थापनसँगै आश्रममा रहेका वृद्धवृद्धाहरुलाई दक्षीणा प्रदान गरिएको छ ।
माता गोमाकला गौतमको तिथि पारेर आज देवघाट गाउँपालिका ५ मा रहेको देवघाट समाज कल्याण केन्द्र(वृद्धाश्रम)मा रहेका वृद्धवृद्धाहरुलाई खाना एवम् दक्षीणा प्रदान गरिएको हो ।
स्वर्गीय पिता तुलसीप्रसाद गौतम र स्वर्गीय माता गोमाकला गौतमको सम्झनामा भरतपुर ११ निवासी गोपाल गौतममार्फत वृद्धाश्रममा रहेका ४० जना वृद्धवृद्धा र देवघाट समाज कल्याण केन्द्र(वृद्धाश्रम)मा कार्यरत कर्मचारीहरुलाई नगद र खाना सहयोग गरिएको गोपाल गौतमले जानकारी दिनुभयो । बेलायतमा रहेका लक्ष्मी शर्मा र राजेन्द्र शर्माले सहयोग रकम प्रदान गरेका हुन् ।





























