चितवन विशेष
माडीका अधिकांस ठाडा खोलाहरुमा बाढी
०

चितवन,असार १-
निरन्तर परेको पानीले माडीका ठाडा खोलाहरुमा पनि बाढी आएको छ । बाढीका कारण जिल्ला सदरमुकाम भरतपुर आवत–जावत पूर्णरुपमा रोकिएको छ । माडीमा ११ वटा साना ठूला खोला छन् ।
इलाका प्रहरी कार्यालय माडीका निरीक्षक झलक पौडेलले भने, ‘गएरातिदेखि निरन्तर परेको पानीले खोलाको सतह बढ्दै आएको छ । तर बस्तीहरुमा अहिलेसम्म बाढी पसेको छैन ।’ खोलामा बाढी आएको भन्दै सचेत हुन भनिएको माडी नगरपालिकाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























