चितवन विशेष
नारायणी र राप्तीमा बाढी, पश्चिम चितवनमा नदीले कटान गर्न थाल्यो
०

चितवन,असार १-
अविरल वर्षाका कारण चितवनका ठूला नदी राप्ती र नारायणीमा पानीको सतह बढ्दै गएको छ । सोमवारदेखि नै पानी निरन्तर परिरहेकाले अझै पानीको सतह बढ्ने अनुमान गरिएको छ ।
पानीको सतह बढ्दा भरतपुर महानगरपालिका वडा नं.२६ र २८ मा नारायणी नदीले कटान सुरु गरेको वडा नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले जानकारी दिए । उनले नदी वरपरका वासिन्दालाई सचेत अवस्थामा बस्न भनिएको जानकारी दिए ।
नदीको कटानलाई रोक्न ठूलाठूला ढुंगा ल्याएर राख्ने क्रम चलिरहेको बेला बाढी आएकाले काम प्रभावित भएको र जोखिम बढेको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























