अन्तर्राष्ट्रिय
पाकिस्तानमा बेपत्ताको खोजी र छानबीन गर्न परिवारको माग
०

पेशावर, असार १ –
पाकिस्तानको पेशावर शहरमा बेपत्ता पारिएकाहरुको सकुशल घर फिर्ता गर्न आफन्तले माग गरेका छन् । पेशावर प्रेस क्लबमा पत्रकार सम्मेलन गर्दै बेपत्ताका आफन्त तथा परिवारहरुले उनीहरुको विनासर्त सकुशल फिर्ता गर्न र निष्पक्ष छानबीनका लागि अदालतमा उपस्थित गराउन माग गरेका छन् । सन् २००९–२०१० मा बेपत्ता पारिएकाको खोजी र छानबीनका लागि परिवारले सरकारलाई माग गरेका हुन् ।
बेपत्ताको छानबीनका लागि सबै सम्बन्धित निकायमा आग्रह गरेको तर कुनै जवाफ नआएको परिवारले बताएका छन् । अदालतले २ सय ७० जना बेपत्ताको रिहाइको फैसला गरेपनि अधिकांस अझै रिहा नभएको बताइएको छ।
बेपत्ता भएकाहरु बबिद्यलाय पढ्ने बालकहरु समेत रहेको र एकै परिवारको आठ जना सम्म पनि बेपत्ता पारिएको पाकिस्तानी संचार संस्थानहरुले बताएका छन् । स्रोतः जी फाईभ
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























