अटो

भारतीय विद्युतीय सवारी ‘वीडा’ले नेपालबाट थाल्यो अन्तर्राष्ट्रिय यात्रा, सीजी मोटर्स आधिकारिक विक्रेता

०
Banner

काठमाडौँ, साउन २१–

हिरोद्धारा संचालित विद्युतीय दुई पाङग्रे ब्राण्ड ‘वीडा’ले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारको रुपमा नेपालमा औपचारिक प्रवेशको घोषणा गरेको छ ।

योसंगै वीडाले आफ्नो विश्वव्यापी विस्तार सुरु गरेको छ । नेपाली ग्राहकहरुको बहुआयामिक जीवनशैली र आवश्यकता अनुरुप स्कुटर र युवा पुस्ता लक्षित विद्युतीय अफरोड मोटरसाइकल अब नेपाली बजारमा उपलब्ध हुनेछ । दैनिक आवातजावत प्रयोगका लागि डिजाइन गरिएको स्कुटरले अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज, शक्तिशाली कार्यक्षमता तथा उच्च गुणस्तरका कारण विश्वप्रशिद्ध अनुसन्धान संस्था जेडी पावरको उत्कृष्ट स्थान हालिस गर्न सफल भएको छ ।

नेपालमा वीडाका उत्पादनहरु सीजी मोर्टर्स (चौधरी ग्रुप) मार्फत आधिकारिक रुपमा उपलब्ध हुनेछन् । चौधरी ग्रुप नेपालको अग्रणी व्यवासायिक समूहहरु मध्ये एक हो । जसले विश्वभर १६० भन्दा बढी कम्पनीहरु तथा १२३ ब्राण्डहरु संचालन गर्दै आइरहेको छ । हिरो मोटोकर्प अन्तरगतको की चिफ बिजनेशन अफिसर कौशाल्या नन्दकुमारले भन्नुभयो–‘वीडाको अन्तर्राष्ट्रिय यात्रा हाम्रो नेपालबाट सुरु हुनु हाम्रो लागि गर्वको विषय हो । नेपाल हाम्रो लागि रणनीतिक रुपमा निकै महत्वपूर्ण बजार हो । जहाँ विद्युतीय सवारी प्रतिको आकर्षण तीव्र रुपमा बढिरहेको छ । भारतमा विकसित हाम्रो उत्कृष्ट इन्जिनियरिङ तथा डिजाइन क्षमतालाई अब नेपाली ग्राहकसम्म पु¥याउन पाउँदा हामी उत्साहित छौं । सिजी मोटर्ससंगको सहकार्य मार्फत नेपाली ग्राहकलाई प्रिमियम, भरपर्दो र अत्याधुनिक विद्युतीय दुई प्राङग्रे अनुभव प्रदान गर्न प्रतिवद्ध छौं ।’

यस्तै चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भन्नुभयो–‘नेपाल दिगो तथा हरित यातायात मार्फत तीव्र रुपमा अघि बढिरहेको छ भिडाको नेपाल प्रवेशले यो परिवर्तनलाई अझ गति दिने विश्वास लिएका छौं । दैनिक प्रयोगकर्ता तथा नयाँ पुस्ताका राइडरहरुको आवश्वकता अनुरुप विकसित यी अत्याधुनिक विद्युतीय उत्पादनहरुले नेपालको दुई पाङग्रे बजारमा नयाँ मानक स्थापित गर्नेछन् । हिरो मोटोकर्पसंगको हाम्रो लामो सहकार्यलाई भिडा मार्फत अझ सुदृढ बनाउँदै नेपालको हरित भविष्य निर्माणमा योगदान दिन पाउँदा हामी गर्व गर्छौ ।’

यस्तो छ स्कुटर र मोटरसाइकलका विशेषताहरुः

भिडा स्कुटर दुई फरक भेरियन्ट र मा उपलब्ध हुनेछ । नेपालको उकालो तथा चुनौतिपूर्ण सडकलाई ध्यानमा राखेर उत्पादन गरिएको हो । यसमा दुई वटा निकाल्न मिल्ने ब्याट्रि छन् । यसले १४० किलोमिटरसम्मको रेन्ज दिन्छ भने अधिकतम ९० किलोमिटर प्रतिघण्टा गति हासिल गर्न सक्दछ । यसले डिसी चार्जर मार्फत ६५ मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

युवा पुस्ताका लागि स्मार्ट विद्युतीय अफरोड बाइक

विशेषगरि किशोर तथा युवा राइडरहरुलाई लक्षित गरि उत्पादन गरिएको विद्युतीय अफरोड बाइक हो । यसमा प्रयोगकर्ताको उमेर, शारीरिक बनावट अनुसार तीन फरक साइजमा रुपान्तरण गर्न सकिने सिस्टम रहेको छ । जसले लामो समयसम्म अरामदायी र सुरक्षित राइडिङ सुनिश्चित गर्छ । यसमा अधिकतम गति निर्धारण गर्न तीन किसिमका फरक स्पिड मोड राखिएका छन् । ३५० वाट मोटर रहेको यो पनि निकाल्न मिल्ने मोटरसाइकलमा ६० को ब्याट्री राखिएका छन् । यो बाइक ८० प्रतिशत चार्ज हुन करिव २ घण्टा लाग्ने छ ।

सन् २०१४ देखी नेपाली बजारमा आफ्नो उपस्थितिलाई निरन्तर सुदृढ बनाउँदै आएको हिरो मोटोकर्पले एक दशक भन्दा बढी समयदेखि नेपाली ग्राहकको विश्वास जित्दै आइरहेको छ । भिडा विद्युतीय उत्पादनहरुको नेपाल प्रवेशसंगै कम्पनीले स्मार्ट, दिगो तथा भविष्यमुखी विद्युतीय गतिशिलताको नयाँ अध्याय सुरु गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>