देश/प्रदेश
ग्यासमा कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही
०

वीरगञ्ज (पर्सा) , साउन २१ –
खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले आज रासससँगको कुराकानीमा उक्त कुरा बताउनुभएको हो ।
बजारमा ग्यासको अभाब गराउनेलाई ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ एवं ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ बमोजिम मालसामान जफत, भारी जरिवाना र जेल सजायसमेतको कडा कानुनी कारबाही गर्न सकिने व्यवस्था छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























