चितवन विशेष

लियो क्लब अफ भरतपुर युथले माडीका ११० विपन्न समुदायलाई खाद्यान्न सहयोग गर्दै

Banner

चितवन, जेठ ३०

लियो क्लब अफ भरतपुर युथले माडी नगरपालिकामा बसोबास गर्ने विपन्न समुदायलाई खाद्यान्न सहयोग गर्ने भएको छ । क्लवले असार १ गते चितवनको दक्षिणमा रहेको माडी नगरपालिकाको वडा नं ७ र ८ का विपन्न, सिमान्तकृत चेपाङं समुदायलाई खाद्यान्न सहयोग गर्न लागेको हो ।

क्लवका अध्यक्ष दिपेश ज्ञवालीका अनुसार कम्तीमा पनि ११० भन्दा बढी परिवारहरुलाई क्लवले खाद्यान्न सहयोग गर्न लागेको हो । खाद्यान्नको साथै क्लवले दुवै वडाका ३० युवालाई कृषी कार्यमा सहजको लागि कोदाली पनि वितरण गर्ने भएको छ ।

चितवनका सामाजिक अभियान्ता तथा चिकित्सक सुवास बस्नेतको पहलमा क्लवले हालसम्म २ लाख रुपियाँ रकम सहयोग उठाएको छ । खाद्यान्नको लागि २ लाख भन्दा धेरै खर्च लाग्ने बस्नेतको अनुमान छ । आवश्यक बाँकी रकम संकलन हुने गरी आर्थिक संकलन कार्य अघि बढाएको उनले बताए । बस्नेतले सामाजिक संजालमार्फत विभिन्न सामाजिक व्यक्तिहरुबाट रकम जुटाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>