लुम्बिनी

बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

Banner

काठमाडौँ,जेठ २८ –

बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार दाङका दुई जना, बाँके र दैलेखका एकरएकजना गरी चारजनाका मृत्यु भएको हो ।

दाङको घोराही–७ की ४२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार साँझ सात बजे र राजपुर गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार राति ९ बजे मृत्यु भएको उनले बताए । ४२ वर्षीया महिलामा जेठ ११ गते र ७७ वर्षीय पुरुषमा जेठ १८ गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेको खजुरा गाउँपालिका–३ का ८० वर्षीय पुरुषको बिहीबार राति साढे १० बजे र दैलेखको भैरवी गाउँपालिका–७ का ६९ वर्षीय पुरुषको शुक्रबार बिहान १०ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए । ८० वर्षीय पुरुषमा जेठ १८ गते र ६९ वर्षीय पुरुषमा जेठ २४ गते संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>