लुम्बिनी
दाङको तुल्सीपुरमा चल्यो गोली,६ राउन्ड गोलीसहीत एक युवक पक्राउ
०
दाङ,जेठ २८ –
दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन् ।
गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वलीलाइ प्रहरीले पक्राउ गरेका छन् ।
प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन । उनले कसलाई गोली हान्न खोजेका हुन् भन्ने नखुलेको र अनुसन्धान शुरु भएको प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























