कालिका

चितवनको रोदिज्ञा स्पोर्टस फुटबल क्लबले दियो १० परिवारलाई राहत

Banner

चितवन, जेठ २८

सरकारबाट कुनै राहतको प्याकेज नआएको भन्दै रोदिज्ञा स्पोर्टस गैडाखोला ११ फुटबल क्लबले १० परिवारलाई राहत वितरण गरेको छ । कालिका नगरपालिका ७ मा बसोबास गर्ने अति विपन्न १० परिवारहरुलाई क्लवले सहयोग गरेका हुन् ।

कोभिड १९ का कारण देशभर लकडाउन भैरहेका बेला जोखिममा रहँदा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै क्लबले राहत सहयोग गरे ।रोदिज्ञा स्पोर्ट्स गैँडाखोला ११ का फुटबल क्याप्टेन सफल भण्डारी , गोलकिपर प्रदीप भण्डारी, खेलाडीहरु सागर ठकुरी, साजन ठकुरी, क्लबका सदस्यहरु ललित मगर, धिरज रायमाझी सागर कुमाल र क्लबका म्यानेजर दिवस मगर लगायतले संयुक्त रूपमा राहत सामग्री वितरण गरेका थिए ।

एक परिवारलाई २० केजि चामल , १ लिटर खाने तेल, एक प्याकेट नुन, आधा किलो सोयाबिन, र २ केजि चिउरा बितरण गरेको थियो । क्लबले आगामी दिनहरुमा पनि कालिका नगरपालिकाभित्र बसोबास गर्ने अति विपन्न परिवारहरुका लागि सक्दो सहयोग जारी राख्ने क्लबका म्यानेजर दिवस मगरले जानकारी दिए ।

पछिल्लो समय चितवनमा संचालित गोल्डकपमा सर्वाधिक उपाधी जित्न सफल रोदिज्ञा स्पोर्ट्स गैँडाखोला ११ का टिम मेनेजर मगरले खेलाडीहरुकै इच्छा बमोजिम आफ्नो क्लब सामाजिक कार्यमा अग्रसर रहेको र आगामी दिनहरुमा अझै बढी सामाजिक क्षेत्रमा आँफुहरु लागि पर्ने बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>