देश/प्रदेश

फेरि भए जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

Banner

काठमाडौं, जेठ २८ –

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा फेरी पदमुक्त भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्य समेत नहरने गरी कारबाही गरेको हो ।

प्रदेशसभाको आज शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी रहेको छ ।

यसअघि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । सर्वोच्चले एउटा खार काम कारबाहीका लागि जारी भएको हृपीप सो खास कार्य हुन नसके परिस्थिति परिर्वतन भएको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐन उल्लंघन भई दल त्याग भएको मान्छ कि मान्दैन भन्ने कानूनी व्याख्याको विषय भएको भन्दै थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>