देश/प्रदेश
बालुवाटार प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरु पक्राउ
०
काठमाडौँ,जेठ २८ –
शुक्रवार बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवा खगेन्द्र संग्रौला, नारायण वाग्ले लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
सर्वोच्च अदालतको समेत निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























