लुम्बिनी
रुपन्देहीबाट महेन्द्र यादवको हत्या गरेको आरोपमा पाँचजना पक्राउ
लुम्बिनी,जेठ २७ –
ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीले लुम्विनी साँस्कृतिक नगरपालिका वडा-४ बस्ने मनौराका ३५ वर्षीय महेन्द्र यादवको हत्या गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देही साँस्कृतिक नगरपालिका वडा नं. ४ मनौरा बस्ने ३० वर्षीय दुर्गेश पासवान, २० वर्षीय संजय पासी बर्ष, २२ वर्षीय बलजित पासी, २४ वर्षीय राकेश यादव र २३ वर्षीय सर्वजित विश्वकर्मा रहेका छन् ।जेठ २३ गते जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ मनौरा बन्दरगढस्थित ३५ वर्षीय महेन्द्र यादवको शव फेला परेको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) थान-१, पानी तान्ने नलको ह्याण्डर (हत्ता) थान-१ र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा थान-१ सहित अन्य प्रमाणहरु बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई रुपन्देही जिल्ला अदालतबाट १० दिन म्याद थप भइ अनुसन्धना भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक रबिन्द्र महतले बताए ।

























