लुम्बिनी
बाँकेमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु
०
काठमाडौं,जेठ २६ –
बाँकेमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोहलपुरकाे एक जना, बर्दियाको एक जना र प्युठान एक जना गरी कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु मध्ये कोहलपुर नगरपालिका-६ की ४० वर्षीय महिलाको मंगलबार साँझ ५ बजेर २० मिनेटमा र बर्दियाको राजापुर नगरपालिका-७ की ८० वर्षीय महिलाको बुधबार बिहान ४ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो।
यस्तै, प्युठानको प्युठान नगरपालिका-६ का ७२ वर्षीय पुरुषको मंगलबार साँझ साढे ६ बजे उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
यससँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट आएका मृतकको संख्या ३२४ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























