प्रदेश १

जङ्गली च्याउ खाँदा दुईको मृत्यु

Banner

झापा, जेठ २५-

इलामको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् । दुवैले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज मृत्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो । वीरमान र उहाँकी पत्नी विष्णुकुमारीलाई समेत विषालु च्याउ खाएका कारण बिरामी भएर बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि उहाँहरु घर फर्किसक्नुभएको प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>