चितवन विशेष

चितवनमा सिप्रदि म्याक लुब्रिकेन्ट्सद्वारा अटो मेकानिकहरुलाई राहत वितरण

Banner

– आशिष उप्रेती
चितवन, जेठ २३
निरन्तरको निषेधाज्ञाका कारण निकै मारमा परिरहेका चितवन आसपासका श्रमजीवि अटो मेकानिकहरुलाई सिप्रदि ट्रेडिङ प्रालि अन्तर्गत सिप्रदि सहायता संस्था र म्याक लुब्रिकेन्ट्सद्वारा आइतबर राहत वितरण कार्यक्रम गरिएको छ ।

राहत वितरण कार्यक्रममा चितवनका लागि म्याक लुब्रिकेन्ट्सको आधिकारीक डिलर एवंम् म्याक परिवार कैलाश इन्टरनेशनल प्रालि र एसके चितवन ट्रेडिङ प्रालिमार्फत निषेधाज्ञाका कारण नियमित काम गर्न नपाएर अत्यन्तै मारमा परेका ३५ जना मेकानिकका परिवारहरु छनोट गरी नारायणगढको पुल्चोक र लायन्स चोकमा राहत वितरण गरीएको हो ।

उनीहरुलाई राहत स्वरुप चामल, नुन, तेल, दाल आदि वितरण गरिएको छ । उक्त कार्यक्रममा कैलाश इन्टनेशनलको तर्फबाट शिव कुमार जोशी, एसके चितवनको तर्फबाट कृष्ण काफ्ले र निरज श्रेष्ठ एवंम् सिप्रदि ट्रेडिङ म्याक लुब्रिकेन्ट्सको तर्फबाट बजार प्रतिनिधि मुकेश अर्याल, शेखर अर्याल र महमद सोहेबको उपस्थिति रहेको थियो ।

यस्ता कार्यक्रमले निषेधाज्ञाको समयमा नियमित काम गर्न नपाएका श्रमजीवि मेकानिकहरुको छाक टार्न म्याक लुब्रिकेन्ट्सले निकै महत्वपूर्ण भुमिका खेलेको कैलाश इन्टनेशनलका शिवकुमार जोशीले बताउनुभयो । साथै एसके चितवनका कृष्णराज काफ्लेले यस किसिमको राहत वितरण कार्यक्रम गरेकोमा सिप्रदि ट्रेडिङलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमहरु विगतदेखि नै हुँदै आएकोमा खुशी व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>