चितवन विशेष
लियो क्लब अफ भरतपुर युथद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग
०
चितवन, जेठ 23
लियो क्लव अफ भरतपुर युथले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । शनिबार भरतपुर १८ का विपन्न परिवारलाई क्लवले खाद्यान्न सहयोग गरेको हो ।
क्लवका अध्यक्ष दिपेश ज्ञवालीले निषेधाज्ञाका बेला विपन्न परिवारलाई छाक टार्न धौधौ परेको थाहा पाएपछि खाद्यान्न सहयोग गरिएको बताए ।
प्रति परिवारलाई १५ के.जी चामल, १ पोका नुन, तेल, मसला, बेसार, १ के.जी दाल, प्याज, २ के.जी आलु वितरण गरेको उनले बताए ।
जहाँ दुख त्यहाँ लियो भन्ने मूल मर्मका साथ निरन्तर सहयोगमा जुटिरहेको अध्यक्ष ज्ञवालीले बताए । क्लवले गत हप्ता ठेला व्यवसायीलाई खाद्यान्न सहयोग गरेको थियो ।
सामाजिक कार्यमा सक्रिय रहेको क्वले समयसमयमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























