चितवन विशेष

धौलागिरी चितवन विश्वकर्मा मञ्चद्धारा खाद्यान्न सहयोग

Banner

चितवन, जेठ २३ –

धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनले दोस्रो स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग गरेको छ । मञ्चले राप्ती नगरपालिका वडा नं १० को विश्वकर्मा वस्तीमा पन्ध्र हजार बराबरको खाद्यान्न सहयोग गरेको हो । २०७६ वैशाख ३० गते स्थापना भएको यस संस्थाले निरन्तर सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

धेरै ठूलो सहयोग गर्न नसकेपनि राप्ती १० का गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्दै मञ्चले विगतको वर्ष भन्दा फरक तरिकाले आफ्नो स्थापना दिवस मनाएको अध्यक्ष भीमप्रसाद विकले बताए ।

मञ्चले पूर्वी चितवनको राप्ती एफएम ९०.५ मेगाहर्जका सञ्चालक सदस्य एवम् राष्ट्रिय दलित पत्रकार संघ नेपाल चितवन शाखाका उपाध्यक्ष गोपाल विश्वकर्माको सहजीकरणमा उक्त खाद्यान्न सहयोग गरेको हो । त्यस्तै उक्त खाद्यान्न सहयोग प्रति परिवारमा एक महिनालाई पुग्ने चामल, नुन, तेल वितरण गरिएको छ ।

गरिब, दलित, आदिवासी तथा सिमान्तकृत समुदायका परिवारहरू संकटमा परेको बेला सरकारले राहत प्याकेज ल्याउन नसक्नु दुखद् कुरा रहेको मञ्चका महासचिव एवम् पत्रकार अमिर रामदामले बताएका छन् । गाउँबाहिर गएर ज्याला मजदुरी मार्फत जीविकोपार्जन गर्ने गरेका समुदायहरू निषेधाज्ञाका कारण काममा निस्कन पाएका छैनन्। मानिसहरु रोगले भन्दा पनि भोकले मर्नु हुँदैन भन्ने आस्था राख्दै उक्त सहयोग प्याकेज वितरण गरिएको महासचिव रामदामले बताए ।

चितवन सुनचाँदी व्यवसायी संघ, पूर्वी चितवनका अध्यक्ष प्रेम खातीले व्यक्तिगत ५ बोरा चामल, खैरहनी चैनपुर निवासी हाल कतारमा रहेका विष्णु न्यौपानेबाट प्राप्त २ बोरा चामल संयुक्त रूपमा राप्ती १० का विपन्न विश्वकर्मा बस्तीमा वितरण गरिएको हो । सहयोग कार्यक्रम राप्ती एफएम ९०.५ मेगाहर्जको समन्वयमा सम्पन्न भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>