कालिका

चेपाङ गाउँमा मारवाडी समाजको सहयोग

Banner

चितवन, जेठ २१–

जिल्लाको विकट गाउँ कालिका नगरपालिका–११ सिद्धिको सैपामका ६७ घर परिवारलाई मारवाडी सेवा केन्द्र नारायणगढले खाद्यन्न सहयोग गरेको छ । जंगलको बीचमा रहेको सो गाउँमा कोरोनाका बेला खाने कुराकै अभाव हुन थालेको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि सहयोग गरेको महासचिव विकास बर्माले बताएका छन् । समाजले शुक्रबार सैपामवासीलाई सहयोग उपलब्ध गराएको छ ।
‘समाचार पढेपछि हामीले उनीहरुलाई सानै भए पनि सहयोग गरौं भन्ने योजना बनाएका हौं’ नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय उपाध्यक्ष रहेका चितवनका व्यवसायी उमाशंकर अग्रवालले भने । मारवाडी सेवा केन्द्रले प्रत्येक घरका लागि १५ किलो चामल, दुई किलो दाल, दुई किलो चना, एक किलो नुन, एक लिटर तेल र एक प्याकेट मस्यौरा उपलब्ध गराएको छ । यो तत्काल जुटाएको प्रारम्भिक राहत भएको अग्रवालले बताए ।

सैपाममा बस्ने चेपाङ समुदायालाई आफ्नै खेतको अन्नले वर्षभर खान पुग्दैन । मकै कोदो मात्रै फल्ने सैपाममा यो पटक लगाएको मकै पनि फौजिकिराले खाएर बर्बाद गरेको स्थानीय गोपाल प्रजा चेपाङले बताए । अरु बेला गाउ“ बाहिर ज्याला मजदुरी गर्न पाइन्थ्यो । थोरै धेरै कमाइ हुन्थ्यो । जस्ले गर्दा चामल, नुन तेल किनेर गुजरा चलाउन सहयोग पुग्ने गरेको अर्का स्थानीय गुर्जबहादुर चेपाङले बताए ।

‘तर गत वर्षदेखि कोरोना भयो । अघिल्लो वर्ष पनि राम्रोस“ग काम गर्न पाइएन । यो वर्ष पनि ज्यालामा काम गर्न पाइएको छैन । बारीमा धेरै नफल्ने घरको अन्न सकिने, किन्न पैसा नहुने भएपछि गाह्रो भएको हो’ गुर्जबहादुरले भने । चेपाङ गाउ“मा संकट बढ्दै गए पनि राहतका कार्यक्रम आएको छैन । नगरपालिकाका तर्फबाट यो वर्ष राहत दिने कार्यक्रम नभएको वडाध्यक्ष कृष्णबहादुर चेपाङले बताए । त्यसैले संघ संस्थाको भर पर्नु परेको छ ।

राहत वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाली का“ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले अल्पसंख्यक समुदाय संकटमा पर्दा सरकारले राहतका कार्यक्रम ल्याउन नसक्नु दुखद भएको बताए । गाउ“ बाहिर ज्याला मजदुरी गर्न जान नपाएपछि चेपाङ परिवारस“ग अन्नको जोहो गर्न सक्ने अन्य कुनै आधार नभएको हु“दा सरकारले उनीहरुका लागि विषेश प्याकेज ल्याउन पर्ने श्रेष्ठले माग गरेका छन् ।
मारवाडी सेवा केन्द्र नारायणगढका उपाध्यक्ष पंकज अग्रवालले आफ्नो समुदाय आपत विपतमा परेका सवैका लागि सहयोग गर्न हरदम तत्पर रहेको बताए । केन्द्रका अध्यक्ष दुलिचन डागाले अस्पतालहरुमा समेत आफुहरुले सहयोग गरेको बताए । देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष टंक पौडेलको समन्वयमा आफुहरुले चेपाङ समुदायका लागि तत्काल राहत दिने उद्देश्य अनुरुप थोरै भए पनि राहत लिएर आएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>