चितवन विशेष

हरित ग्रह नेपालले विश्व वातावरण दिवसमा सेमिनार गर्ने

Banner

चितवन, जेठ २० –

विश्व वातावरण दिवको अवसरमा हरित ग्रह नेपाल (ग्रीन प्लानेट नेपाल) नामक संस्थाले अहिले भईरहेको महामारिले वातावरणमा पारेको प्रभावबारे सेमिनार गर्ने भएको छ । संस्थाले शनिबार विश्व वातावरण दिवसको अवसरमा भर्चुअल मध्यामबाट सेमिनार आयोजना गर्ने भएको हो ।

सेमिनारमा मौसम परिवर्तनले हिमाली भेगमा पारेको परिवर्तन र त्यसले उभएचर प्राणीमा थपेको चुनैतीहरुका विषयमा अन्तरक्रिया हुनेछ । विशेषगरी विदेशी बोट बिरुवाहरुले स्थानीय जङ्गलमा रहेका बोटबिरुवामा पारेको प्रभाव तथा वातावारण, वन्यजन्तु र त्यससंग जोडिएको पर्यटनका विषयमा छलफल हुनेछ ।

कार्यक्रममा प्रमुख अतिथी भरतपुरमा रहेको बिरेन्द्र बहुमुखी क्याम्पसका प्राणी विभाग प्रमुख देबेन्द्र ढकाल, विशिष्ट अतिथीका रुपमा सोही क्याम्पसका वनस्पति शास्त्र विभाग प्रमुख डा.मनोज कुमार लालदास, अतिथीका रुपमा डा.विष्णु प्रसाद भट्ट्र्रराई, जगन्नाथ अधिकारी, दिना नाथ ढकाल लगायत रहनेछ।

जुम एप्स मार्फत बिहान साँढे दस बजे बाट सुरु हुने कार्यक्रममा ईच्छा हुने जो कोहिले पनि सहभागीता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष निशान दाहालले जानकारि दिए ।

कार्यक्रमको सहयोगीको रुपमा हिमाली वातावरण तथा जनस्वास्थ्य संजाल, संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम लागएका विभिन्न संस्थाहरु रहेका छन् । कालीका नगरपालीका वडा नं ५ मा कार्यालय रहेको संस्थाले यस अघि विभिन्न वातावरण र वन्यजन्तुका क्षेत्रमा रहेर काम गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>