चितवन विशेष
माडी नगरपालिकालाई युवा संघद्वारा स्वास्थ्य सामग्री सहयोग
– माडी १९ जेठ
राष्ट्रिय युवा संघ चितवनले राष्ट्रिय युवा संघ माडी शाखालाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको छ । माडी नगरपालिकालाई सहयोग गर्नका लागि युवा संघ चितवनले माडी शाखालाई सामग्री हस्तान्तरण गरेको हो ।
माडी नगरपालिका वडा नं ६ को शिब मन्दिरमा आज बुधवार आयोजित संक्षिप्त कार्यक्रममा जिल्ला संयोजक सुशिल केसीले युवा संघ माडीका संयोजक मुन्ना मियालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । आज हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा ३५ लिटर सेनिटाइजर, ७ सय माक्स, ९२ फेसशिल्ड,२ सय ५० पोर पन्जा र २ सय ४२ वटा साबुन रहेका छन् ।
कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको समयमा माडीमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनको लागि युवा संघ माडीले जिल्लालाई आग्रह गरेकोले कोभिड नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको नेपाल संयोजक केसीले जानकारी दिनुभयो ।
केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सचिव एवम् चितवनका ईञ्चार्ज प्रताप डल्लाकोटी, नेकपा एमालेका युवा नेता श्रीप्रसाद दवाडी लगायतले कोरोना सङ्क्रमण रोकथामका लागि स्वास्थ्य सामग्रीले सहयोग गरेको जनाउँदै कोरोना नियन्त्ररणको लागि सबै सचेत हुनुपर्ने बताउनुभयो ।
उल्लिखित स्वास्थ्य सामग्रीहरु राष्ट्रिय युवा संघ माडीले आज नै माडी नगरपालिका स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्रीहरु ग्रहण गर्दै स्वास्थ्य शाखा प्रमुख शिव सुवेदीले सामाजिक उत्तरदायित्व महशुस गरी कोरोना सङ्क्रमणको समयमा स्वास्थ्य सामग्री उपलब्ध गराउने युवा संघ माडीप्रति आभार प्रकट गर्नुभयो ।



























