चितवन विशेष
महालक्ष्मी विकास बैंक नारायणगढद्धारा स्वास्थ्य सामाग्री सहयोग

चितवन, जेठ १९ –
महालक्ष्मी विकास बैंक नारायणगढले आज भरतपुरमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले भरतपुर महानगरपालिका वडा नं ११ बसेनीमा स्वास्थ्य समाग्री सहयोग गरेको हो ।
गणेशस्थान टोल विकास संस्थालाई मास्क, सेनेटाईजर लगाएतका स्वास्थ्य सामाग्री उपलव्ध गराइएको बैकंका शाखा प्रवन्धक विरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो । शाखा प्रवन्धक चौधरीले वडा नं। ११ का वडा सदस्य चिन्तामणी लम्साल र टोल विकास संस्थाका अध्यक्ष राजन कुमार श्रेष्ठलाई बैंकको तर्फबाट स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
कोभिड महामारीका कारण सबै नागरिकहरु समस्यामा परेको बखत बैंकले आफ्नो उत्तरदायित्व सम्झेर आफ्नो टोलमा सहयोग गरेको भन्दै टोलविकास संस्थाका अध्यक्ष श्रेष्ठले बैंकलाई धन्यवाद दिनुुभएको थियो । स्वास्थ्य सुरक्षा समाग्री सहयोग कार्यक्रमको सञ्चालन बैकंका कर्मचारी मनिषा घिमिरेले गर्नुभएको थियो । बैकंले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा सामाजिक क्रियाकलापमा सहभागिता जनाउँदै आएको छ ।


























