इच्छकामना

कोरोनाले नारायणगढ-मुग्लिङ सडकमा पुल निर्माण प्रभावित

Banner

चितवन,जेठ १९-

कोरोना संक्रमणको दोस्रो लहर र जारी निषेधाज्ञाका कारण नारायणगढ–मुग्लिङ सडकअन्तर्गतका पुल निर्माणको काम प्रभावित भएको छ । निर्माणका काममा रोकटोक नभए पनि श्रमिक अभाव हुँदा समस्या भएको निर्माण व्यवसायीहरू बताउँछन् । यो सडकमा भासिएको ठाउँमा मर्मतको काम पनि सुरु भएको छ । तर मर्मतका लागि भारतबाट सामग्री आउन ढिलाइ हुनसक्ने देखिएको निर्माण व्यवसायीको भनाइ छ ।

नारायणगढ–मुग्लिङ सडकमा १८ वटा पुल छन् । पहिला साढे पाँच मिटरको हाराहारीमा फराकिलो यो सडकलाई तीन वर्षअघि विस्तार गरेर एसियाली मापदण्डअनुरूपको दुई लेनको बनाइएको छ । अहिले यो सडक ९–११ मिटर चौडा छ । सडक विस्तार भए पनि त्यसअनुरूप पुलहरू फराकिला छैनन् । त्यसैले पुल पनि फराकिलो बनाउन थालिएको हो । तीनवटा पुल निर्माण भइसकेका छन् ।

‘बाँकी १५ मध्ये ८ वटाको काम सुरु भइसकेको छ । ७ वटाको डिजाइन तयार हुँदै छ । जसमध्ये ३ वटाको काम पनि यसै वर्ष सुरु हुन्छ भन्ने आशा छ,’ नारायणगढ–मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर सविना रानाभाटले भनिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>