चितवन विशेष

किराना व्यवसायी संघ चितवनले बाड्यो चेपाङ परिवारलाई खाद्यान्न

Banner

चितवन, जेठ १८–

किराना व्यवसायी संघ चितवनले जिल्लाको राप्ती नगरपालिका–३ का विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच संघले १४४ घर अतिविपन्न चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरेको हो । वडाध्यक्ष राजकुमार उप्रेतीको उपस्थितिमा संघले खाद्यान्न वितरण गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण गरिएको निषेधाज्ञाले दैनिक काम गरेर गुजारा चलाउने परिवार रोगले भन्दा भोकले मर्न नपरोस् भन्ने उद्देश्यले सहयोग वितरण गरिएको संघका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले बताए । उनका अनुसार विपन्न परिवारलाई एक बोरा चामल, आयो नुन, तोरी तेल, मसला, साबुन, मसुरो दाल वितरण गरिएको छ । अध्यक्ष श्रेष्ठले ३ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा संघका प्रथम उपाध्यक्ष टेकप्रसाद पनेरु, द्धितिय उपाध्यक्ष पुष्पकुमार श्रेष्ठ, महासचिव हरिराज पौडेल, कोषाध्यक्ष बालकृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>