चितवन विशेष

चितवन प्रहरीलाई मातृभूमि चितवनले दियो स्वास्थ्य उपकरण

Banner

चितवन, जेठ १७–

सामाजिक संस्था मातृभूमि चितवनले जिल्ला प्रहरी कार्यालय चितवनलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । आज (सोमबार) एक कार्यक्रमकाबीच जिल्ला प्रहरी कार्यालयमै पुगेर मातृभूमिले सो उपकरण हस्तान्तरण गरेको हो ।

मातृूभूमि चितवनका संयोजक सरोज घिमिरेले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीलाई सो उपकरण हस्तान्तरण गरे । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट प्रहरी कार्यालयमै बसेका प्रहरीलाई उपयोगी हुने गरी अक्सीमिटर र डिजिटल थर्मोमिटर सहयोग गरेको हो । मातृभूमि चितवनका संयोजक घिमिरेले १० थान अक्सीमिटर र १० थान थर्मोमिटर सहयोग गरिएको जानकारी दिए ।

उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक घिमिरेले विपत्को बेलामा आफ्नो ज्यानलाई बाजी राखेर सेवामा खटिएका प्रहरीहरुलाई उपचारमा सहयोग होस् भन्ने उद्देश्यले स्वास्थ्य उपकरण सहयोग गरिएको बताए । उनले यसअघि आवश्यकताका आधारमा विभिन्न संस्थाहरुलाई मास्क र स्यानिटाइजर वितरण गरिएको बताए । उनले आगामि दिनमा थप यस्तै सेवाका कार्यहरु गर्दै जाने बताए । साथै घिमिरेले कोरोना संक्रमणले अस्पतालमा भर्ना भएकाहरुको आफन्तहरुलाई निःशुल्क खाना खुवाउने कार्यक्रम सुरु गरिने बताए ।

यस्तै स्वास्थ्य उपकरण बुझ्दै एसपी अधिकारीले अहिले कोरोना संक्रमित प्रहरीका लागि अक्सीमिटर अतिआवश्यक रहेको भन्दै सोही उपकरण सहयोग गरिएकोमा मातृभूमि चितवनलाई धन्यवाद ज्ञापन गरे । उनले आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>