चितवन विशेष

चितवनका सडकमा खटिएका सुरक्षकर्मीहरुलाई स्वीट नेपालद्वारा खाजाजुस वितरण

Banner

चितवन, बैशाख २५
कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेकाले यसको जोखिमलाई कम गर्न जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १६ देखि निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै व्यावासय तथा यातायात बन्द गरिएको छ । हप्ताको तीनदिनमात्र बैंक तथा वित्तीय संस्थाहरु खोल्न दिइएको छ भने खाद्य पसलहरु बिहान ९ बजेसम्म खुलेका छन् । यस्तो अवस्थामा निषेधाज्ञालाई प्रभावकारी बनाउन सडकमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

तर चितवनका सुरक्षाकर्मीहरु भोकभोकै सडकमा खटिरहेको समाचार नारायणी अनलाइनले प्रकाशन गरेपछि सामाजिक व्यक्तित्वहरुको ध्यान केन्द्रित भएको छ ।

भोकभोकै खटिन्छन् चितवनका सुरक्षाकर्मी, न खाजा न पानी

चितवनका विभिन्न सामाजिक संस्थाहरु कुनैकुनै दिन चितवनका सडकमा खटिएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्रीका साथै खाजा लिएर पुग्ने गरेका छन् ।

आज शनिबार भने स्वीट नेपाल मिडिया प्रालिले सुरक्षार्मीहरुलाई खाजा र जुस वितरण गरेको छ । मिडिया प्रालिका अध्यक्ष एवम् स्वीट नेपाल डटकमका सम्पादक युवराज शर्माले सडकमा सुरक्षाकर्मी भोकभोकै खटिनुपर्ने कुरा थाहा पाएपछि आफ्नोतर्फबाट सहयोग गर्न मन लागेको बताए । शर्मा विगतदेखिै नै विभिन्न समामाजिक कार्यमा सक्रिय रहँदै आएका व्यक्ति हुन् ।

सुरक्षाकर्मीहरुलाई चाउचाउ र जुस वितरण गरेको शर्माले बताए । पुलचोकबाट सुरु भएको खाजापानी वितरण कार्यक्रम आँपटारी, बसेनी, बिशालचोक, मालपोत चोक, केन्द्रीय बस टर्मिन हुँदै हाकिम चोकमा गएर टुङ्ग्याइएको शर्माले जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>