चितवन विशेष

चितवन ट्राफिकलाई यातायात व्यवस्था तथा सडक सुरक्षा सम्बन्धी उपकरण हस्तान्तरण

Banner

चितवन, जेठ १४

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई ५ लाख मूल्य बराबरको यातायात व्यवस्था तथा सडक सुरक्षा सम्बन्धी विभिन्न उपकरण प्राप्त भएको छ ।

बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत् प्राप्त उक्त सामान यातायात सेवा व्यवस्था कार्यालय चितवनका प्रमुख सुवास उप्रेतीले बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख शान्तिराज कोईराला कोईरालामार्फत जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई बिहीबार हस्तान्तरण गरेका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालयको सक्रियतामा ब्रेथ एनालाईजर विथ प्रिन्टर २ थान, म्याजिक लाईट १० थान, ह्वील लक १० थान, फ्लोरोसेन्ट ज्याकेट ३९ थान, ब्यारियर ३ थान, बडी वर्न क्यामेरा १ थान तथा पीभिसी कोन २० थान प्राप्त भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>