चितवन विशेष

माडीकी उपमेयर महतोको कदमः स्वास्थ्य समस्यामा परेका महिलाहरुलाई आफ्नै गाडी सहयोग

Banner

चितवन, जेठ १४–

चितवनको माडी नगरपालिकाकी उपमेयर तारा कुमारी काजी महतो नगरको समस्या समाधान र विकासका लागि दिनरात खट्छिन् ।

 महिलाका सवालहरुमा बढी संवेदनशील बन्छिन् । अहिले कोरोना महामारीका कारण धेरै बिरामी सजिलै अस्पतालसम्म पुग्न पाइरहेका छ्रैनन् । यही समस्यालाई ध्यान दिँदै उपमेयर महतोले प्रसुतीजन्य स्वास्थ्य समस्या परेका महिलाहरुलाई आफूले प्रयोग गर्दै आएको नगरपालिकाको गाडी सहयोगस्वरुप उपलब्ध गराउने बताएकी छन् ।

आवश्यक संख्यामा तत्कालै एम्बुलेन्स उपलब्ध नहुने भएकाले अति संवेदनशील अवस्थाका गर्भवती, सुत्केरी लगायतका स्वास्थ्य समस्यामा परेका महिलाहरुलाई आफूले प्रयोग गर्दै आएको गाडी उपलब्ध गराउने उपमेयर महतोले बताइन्।

उपमेयर महतोले नगरवासीहरुलाई कोभिड–१९ को महामारीमा सुरक्षित रहन र स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गर्दै कोरोना संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना गरेकी छन् । उनले महामारीको बेला गर्भवती, सुत्केरी, नवजात शिशु, जाँच वा उपचारको अवस्थामा एम्बुलेन्स नपाए आफूलाई खबर गर्न अनुरोध गरेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>