चितवन विशेष

माडीका विपन्न परिवारलाई खाद्यान्न वितरण

Banner

माडी, जेठ १२ –

राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी माडीको आयोजनामा आज बुधबार माडीका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं ४ स्थायी घर भई हाल जापानमा व्यवसाय गरिरहनुभएका समाजसेवी डम्बर थापाको सहयोगमा माडी नगरपालिका वडा नं ८ शिवद्वारका सुकुम्बासी चेपाङ परिवार र माडी ७ का विपन्न एकल महिला, एकल पुरुष र घाइते ३ जनालाई खाद्यान्न उपलब्ध गरिएको हो ।

खाद्यान्न वितरण गर्दै नेकपा एमाले माडीका युवा विभाग प्रमुख सूर्यकान्त खनालले कोभिडका कारण समस्यामा परेका विपन्न परिवारलाई सहयोग गर्ने युवासंघको योजनाअनुसार अभियान सञ्चालन गरिएको जनाउँदै सहयोग उपलब्ध गराउने सहयोगीप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा चेपाड अगुवा सुकबहादुर चेपाङले विपत्तिको बेलामा सुकुम्बासी चेपाङ परिवारलाई खाद्यान्न सहयोग गर्ने सहयोगी डम्बर थापा र समन्वय गरि सुकुम्बासी चेपाङ बस्तीमा आउने राष्ट्रिय युवा संघ माडीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग र सल्लाहको अपेक्षा गर्नुभयो ।

खाद्यान्न वितरण कार्यक्रममा समाजसेवी एवम् नेकपाका युवा नेता श्रीप्रसाद दवाडी, राष्ट्रिय युवा संघ माडीका अध्यक्ष मुन्ना मिया, राष्ट्रिय युवा संघ भरतपुरका सहसंयोजक राम कार्की, सञ्जय ढकाल, सूर्य तिमिल्सिना लगायतको सहभागिता रहेको थियो । वितरणको समन्वय र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>