चितवन विशेष

प्रेस युनियन चितवनलाई साइराम डेण्टलले गर्‍यो स्वास्थ्य सामग्री सहयोग

Banner

चितवन, जेठ ८–

नेपाल प्रेस युनियन चितवन शाखालाई नारायणगढस्थित साइराम डेण्टल प्रालिले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना कहरमा अग्रपंतीमा खटिने पत्रकारको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य सामग्री सहयोग गरिएको साइराम डेण्टलकी प्रवन्ध निर्देशक डा.सरु थापा न्यौपानेले बताइन् । जोखिममा रहेका पत्रकारको लागि रिर्पोटिङमा जान सहज होस् भनि स्वास्थ्य सामग्री सहयोग गरिएको उनको भनाई छ ।
साइराम डेण्टलले ५ हजार मास्क, १ सय थान सेनिटाइजर सहयोग गरेको हो । उक्त स्वास्थ्य सामग्री वरिष्ठ दन्त चिकित्सक डा.अजय न्यौपाने र साइराम डेण्टलकी प्रवन्ध निर्देशक डा.सरु थापा न्यौपानेले नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आर्चाय र प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललाई हस्तान्तरण गरे । सो अवसरमा वरिष्ठ उपाध्यक्ष आर्चायले पत्रकारहरुका लागि गरिएको सहयोग निकै प्रशंसनीय रहेको बताए । युनियन चितवनका अध्यक्ष ढकालले स्वास्थ्य सामग्रीका कारण समस्यामा रहेका कोरोना महामारीमा पनि निरन्तर अग्रपंतीमा खटिने पत्रकारका लागि वितरण गरिने बताए । युनियनले गत वर्ष पनि प्रत्रकारका लागि स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
साइराम डेण्डलले भरतपुर अस्पताललाई समेत १० थान अक्सिजन सिलिण्डर, १ सय पिपिइ लगाएत स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ । त्यस्तै डेण्टलले जिल्ला प्रहरी कार्यालय चितवनलाई पनि स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>