खैरहनी

चितवनको उद्योग बाणिज्य संघ खैरहनीले अक्सिजन बैंक संचालनमा ल्यायो

Banner

ध्रुवराज खनाल,

चितवन,जेठ ३-

अक्सिजनको कारणले हुन सक्ने मानवीय क्षतीलाई कम गर्ने उदेश्यसहित चितवनस्थित उद्योग बाणिज्य संघ खैरहनीले अक्सिजन बैंक संचालनमा ल्याएको छ । आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह गर्ने गरि अक्सिजन वैंक संचालनमा आएको संघका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिए । अक्सिजन वैंक संचालनमा आएको जानकारी दिदै अध्यक्ष श्रेष्ठले कोभिड १९ को विषम परिस्थितीमा आवश्यक सेवा लिन उद्योगी,व्यवसायी तथा नगरवासीलाई आग्रह गरेका छन् ।

सेवा लिनका लागि संघले केही मापदण्ड बनाएको छ । प्रथम उपाध्यक्ष कुमार खनालका अनुसार अक्सिजन सिलिण्डर लिन आउँदा डाक्टरले दिएको सिफारीस अनिवार्य हुनु पर्ने,सम्वन्धीत वडा कार्यालयको सिफारीस हुनु पर्ने र खाली सिलिण्डर साथमा लिएर आउनु पर्नेछ । देशका विभिन्न ठाउँमा अक्सिजनको अभाव रहेको सुनिन्छ संघका प्रथम उपाध्यक्ष खनालले भने – हाम्रो नगर भित्रका कोभिड रोगका विरामी अक्सिजनकै कारण ज्यान गुमाउने अवस्था आउन नदिन नयाँ अभियान सुरु गरेका हौ ।

१९ वटा अक्सिजनसहितको सिलिण्डरबाट सेवा सुरु गरिएको छ । आर्थिक अवस्था कमजोर हुनेले भने यो सेवा निशुल्क प्राप्त गर्न सक्नेछन् । सेवा वापत शुल्क तिर्ने हैसियत भएकाले भने ८ सय रुपैयाँ संघलाई वुझाउनु पर्ने प्रथम उपाध्यक्ष खनालले जानकारी दिए । यो सेवा दिँदा कोभिड १९ का विरामीलाई प्राथमिकता दिइनेछ । अक्सिजनको माग अनुसार सेवा विस्तार गर्ने संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>