चितवन विशेष

राप्ती नगरपालिकाको प्रत्येक चोकचोकमा रक्तदान कार्यक्रम हुँदै

Banner

चितवन, जेठ १

चितवनको राप्ती नगरपालिकाको प्रत्येक चोकचोकमा रक्तदान कार्यक्रम हुने भएको छ । जेपी युवा क्लव राप्ती–५ ले जेठ तीन गते सो कार्यक्रम गर्न लागेको हो ।

निषेधाज्ञाका कारण चितवनमा रक्तदान कार्यक्रम कम हुँदा अस्पतालमा रगत अभाव भएका कारण रगत अभावलाई पूर्ति गर्न घरघरमै पुगेर रगत संकलन गर्ने उद्देश्य राखिएको क्लवका अध्यक्ष अविप कँडेलले जानकारी दिए ।

नयाँ भेरियन्टसहित पुनः तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले चितवनलाई आक्रान्त बनाएको छ । यसको फैलावटलाई रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा बैशाख १५ देखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा कारण रक्तदान कार्यक्रम नहुँदा चितवनका अस्पतालमा रगत अभाव भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>