चितवन विशेष
निषेधाज्ञामा नक्कली प्रेस कार्ड बनाएर हिड्ने चितवन प्रहरीद्धारा पक्राउ
०

चितवन,बैशाख ३१-
चितवन प्रहरीले नक्कली पत्रकारलाई पक्राउ गरेको छ । भरतपुर ३ पुल्चोकमा चेकजाँच गर्ने क्रममा गैँडाकोटस्थित आमा डिजिटल फ्लेक्स प्रिन्टको नाममा प्रेस लेखी बनाएको परिचयपत्र भिरेका गैँडाकोट ५ का २२ वर्षीय बिजय लामिछानेलाई नियन्त्रणमा लिइएको हो । रिपोर्टर हुँ भन्दै देखाएको परिचयपत्र शंका लागि सोधपुछ गर्दा कुनै सञ्चारमाध्यमको सम्वाददाता नभएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा सूचना अधिकारी सरोज गिरीले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उनले बताए । पछिल्लो समय कोरोनाको दोस्रो लहरसँगै भएको निषेधाज्ञापछि बजारमा नक्कली पत्रकारको बिगबिगी बढ्दै गएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























