चितवन विशेष
भरतपुर अस्पतालमा थपियो २० बेड कोभिड आईसीयू
०

चितवन,बैशाख ३०-
चितवनको भरतपुर अस्पतालमा थप २० बेड कोभिड आईसीयू थप गरिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दिएको जानकारी अनुसार १० बेड कोभिड आईसीयूलाई बढाएर ३० बेड पुर्याइएको हो । कोरोना भाइरस संक्रमित गम्भीर प्रकृतिका बिरामीको संख्या बढ्दै गएपछि कोभिड आईसीयू थप गरिएको अधिकारीले बताए । अब अस्पतालमा कुल ३० बेड आईसीयू भएको छ ।
अस्पतालको कोभिड आईसीयूमा अहिले २१ जना बिरामी छन् । एचडीयूमा २५, जनरल बेडमा १५३ जना कोरोना संक्रमित छन् । अस्पतालले कोभिडका बिरामीको उपचारका लागि १६५ बेड छुट्याएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























