चितवन विशेष

चितवनबासीलाई निषेधाज्ञाको कडाइका साथ पालना गर्न एमाले चितवनको अपिल

Banner

चितवन, वैशाख २९ –

नेपाल कम्प्युष्ट पार्टी (एमाले)ले चितवनबासीलाई निषेधाज्ञाको कडा रुपले पालना गर्न अनुरोध गरेको छ । साथै पार्टीले देशमा स्वास्थ्य संकटकालको घोषणा गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न पार्टी कार्यालयलाई माग गरेको छ । पार्टीले आज प्रेस विज्ञप्ती जारी गर्दै स्थानिय तहमा बजेटको व्यवस्था गरी देशमा स्वास्थ्य संकटकालको घोषणा गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न जोडदार माग गरेको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसबाट सर्तक रहन सरकारले जारी गरेको निषेधाज्ञाको इमान्दारी रुपले पालना गर्न पार्टी आमनागरिकलाई अनुरोध गरेको छ ।

दोस्रो लहरको कोरोनालाई पर्याप्त मात्रामा अक्सिजन आवश्यक पर्ने भएकोले अक्सिजनको सहज उपलब्धतामा ध्यान दिन, सरकारी अस्पतालको क्षमता वृद्धि गरी संक्रमितको उपचारमा सहजता ल्याउन पार्टीले सरकारलाई अनुरोध गरेको छ । पार्टीको अध्यक्ष पार्वती रावलको हस्ताक्षर भएको विज्ञप्तीमा निजि अस्पतालहरुले कोरोनाका बिरामीहरुको उपचारप्रति संवेदनशिल हुन समेत अनुरोध गरिएको छ ।

साथै संकटको फाइदा उठाउँदै दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव देखिएकोले अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्न समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>