चितवन विशेष

तोकिएको मुल्यमा मात्र स्वास्थ्य साम्रगी बिक्रि गर्न औषधी व्यवसायी संघ चितवनको आग्रह

Banner

चितवन, वैशाख २९ –

नेपाल औषधी व्यवसाय संघले स्वास्थ्य साम्रगीमा कालोबजारी नगर्न औषधी व्यवसायीहरुलाई अनुरोध गरेको छ । संघले सुचना जारी गर्दै स्वास्थ्य साम्रगीमा कालोबजारी नगर्न बताएका छन् । संघले चितवन जिल्ला एउटा मेडिकलसिटिको रुपमा विकसित हुँदै गईरहेकोले उपचार र औषधीको अवस्थामा झन् बढी प्रभावकारी र अत्यावश्यक रहेको प्रष्ट रहेको बताएको छ ।

संघले मास्क, सेनिटाइजर, फेससिल्ड, ग्लाब्स, अक्सिजन मिटर लगायत कुनै पनि स्वास्थ्य साम्रगीमा तोकिएको खुद्रा मार्जिन मात्र राखेर कारोबार गर्न अनुरोध गरेको हो ।

बिलबिजकबाट मात्र सामान खरिद बिक्रि गर्न संघले आग्रह गरेको छ । संघले व्यवसायीहरुलाई अत्यआवश्यक औषधि तथा स्वास्थ्य साम्रगीको आवश्यक मौज्दात राख्न समेत भनेको छ । अत्यावश्यक सामान उपलब्ध हुँदाहुँदै बिक्रेताले बिल बिजक दिन इन्कार गरेमा र अस्वाभाविक मुल्य लिन खोजेमा तुरुन्त संघमा जानकारी गराउन बताएको छ ।

संघका अध्यक्ष ईश्वर कुमार भण्डारीले स्वास्थ्यको चिन्ता नगरी सेवामा खटिरहेका डाक्टर, नर्स, स्वास्थ्यकर्मी, फर्मासिस्ट तथा औषधिसंग सम्बन्धित रहेर काम गर्ने व्यक्तिहरुलाई धन्यवाद दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>