खैरहनी

कोरोना सङ्क्रमितलाई चितवनको खैरहनी नगरपालिकाद्धारा घरमै पुगेर औषधि वितरण

Banner

ध्रुवराज खनाल,

खैरहनी,बैशाख २८-

कोरोना भाइरसबाट सङ्क्रमण भई होम आइसोलेसनमा बसेकाहरुलाई खैरहनी नगरपालिकाले घरमै औषधि पु¥याउने व्यवस्था मिलाएको छ । सङ्क्रमण देखिएकाहरुमा रोग प्रतिरोधी क्षमता बढाउन आवश्यक औषधि उनीहरुको घरसम्म पु¥याउन थालिएको नगरपालिकाले जनाएको छ । खैरहनी वडा नम्बर १ र ८ भित्र रहेका सङ्क्रमितहरुलाई सम्बन्धित वडा कार्यालयले त्यहाँको स्वास्थ्य संस्था मार्फत् औषधि घरमै पु¥याएको जनाएको छ । रोग प्रतिरोधी क्षमता बढाउन भिटामिन सी, भिटामिन डी र जिङ्कको आवश्यकता पर्दछ ।

साथै उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने काम पनि गरिएको छ । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले सबै वडा कार्यालयलाई सङ्क्रमितको घरमा औषधि पु¥याउन भनिएको बताउनुभयो । खैरहनीमा मंगलबारसम्म १०१ जनामा दोस्रो लहरको कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ९२ जनामा रोग सक्रिय अवस्थामा छ भने ९ जनाले कोरोनालाई जितिसकेका छन् ।

सङ्क्रमण देखिएका मध्ये ८२ जना होम आइसोलेसन तथा १० जना अस्पतालको आइसोलेसनमा छन् । होम आइसोलेसनमा भएकाहरु पनि ठेगाना खैरहनी भई हाल अन्यत्र बसोबास गरिरहेका पनि छन् । खैरहनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा अक्सिजनसहितको २४ शय्याको आइसोलेसन केन्द्र बनाएको छ । त्यहाँ स्वास्थ्यकर्मीलाई तालिका बनाएर काममा खटाइएको स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताउनुभयो ।

कोरोना नियन्त्रणकै लागि नगरपालिकाले सचेतनामूलक सूचना सञ्चार माध्यम, माइकिङ, पर्चा पम्प्लेट मार्फत् प्रचारप्रसार, कोरोना सङ्क्रमित बोक्नका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था, निषेधाज्ञाको समयमा चोक, पसलमा हुने भीडभाड हुन नदिन, शान्ति सुरक्षा प्रदान गर्न र माइकिङ गर्न, स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गर्न इलाका प्रहरी कार्यालय खैरहनीलाई एउटा गाडी उपलव्ध गराइएको, एन्टिजेन परीक्षण, नगरपालिकासँगको सहकार्यमा विभिन्न संघसंस्थाले हेल्प डेस्क स्थापना गरेको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>