चितवन विशेष

लियो क्लव अफ भरतपुर युथमा गौरवको नेतृत्वमा नयाँ कार्यसमित चयन

Banner

चितवन, बैशाख २५
लियो क्लव अफ भरतपुर युथमा गौरव उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

भर्चुअल विधिबाट शनिबार साँझ सम्पन्न छैठौं वार्षिक उत्सवले गौरवको अध्यक्षतामा ५ जना पदाधिकारीको चयन गरेको हो । प्रथम उपाध्यक्षमा मधु लाता यादव, द्धित्तीय उपाध्यक्षमा कृष्ण रिमाल, सचिवमा गोविन्द पौडेल र कोषाध्यक्ष सुप्रभा सापकोटा चयन भएकी छिन् ।

अरु पदमा निर्विरोध चयन गरिएको भए पनि प्रथम उपाध्यक्षका लागि भने यादव र रिमालको उम्मेद्वारी परेको थियो । उनीहरुमध्येबाट प्रथम उपाध्यक्षको चयन अध्यक्ष गौरवले गोलाप्रथा विधिबाट गरेका थिए । उम्मेद्वाहरुले नै नयाँ आउने अध्यक्षले जसलाई छाने पनि हुन्छ भनेर मञ्जुरी जनाएका कारण चुनाव नगराइएको अध्यक्ष गौरवले बताए । आफ्नो लागि दुबै जना समान भएकाले गोलाप्रथा बिधि राजेको गौरवको भनाइ छ । प्रथम उपाध्यक्षमा यादव नियुक्त भए पनि अफ्नो कार्यकालमा क्लवमा यादव र रिमालमा जसले बढी सक्रियता देखाउँछ उही नै आफू पछिको अध्यक्ष बन्ने गौरवको भनाइ छ ।

बाँकी पदहरुमा नवनिर्वाचित अध्यक्षले नियुक्त गर्ने गरी छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवमा कोषाध्यक्ष अन्जना जोशी र सचिव मधु लाता यादवले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन बहुमतले पारित गरेको छ ।

सामाजिक कार्यमा सक्रिय रहेको लियो क्लव अफ भरतपुर युथले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । गतवर्ष लकडाउनका बेला खाद्यान्न सामग्री वितरण र बेवारिसेहरुलाई खाना खुवाउने कार्यक्रम गरी उक्त क्लव निकै चर्चामा आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>