चितवन विशेष
सीएमसीमा नेपालमै सबैभन्दा धेरै कोभिड आईसीयू सेटअप, १४९ संक्रमितको उपचार हुँदै
०

चितवन, बैशाख २५
चितवन मेडिकल कलेजले नेपालमै सबैभन्दा धेरै १८३ बेड कोभिड आईसीयू सेटअप तयार गरेको छ ।
कलेजका प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले सो जानकारी दिए । उनले कोभिडको २५३ बेडमा अक्सिजनको सेटअप भएको पनि बताए ।
राजधानी काठमाडौंसहित देशका विभिन्न भागबाट हेलिकोप्टरमा चितवनमा कोरोनाका गम्भीर बिरामीहरू ल्याउन थालेकोले अहिलेको सेटअपले धान्न नसक्ने हो कि भन्ने चिन्ता थपिएको डा न्यौपानेले बताए ।
चितवन मेडिकल कलेजमा अहिले १४९ जना कोरोना संक्रमित बिरामी राखिएका छन् । अधिकांशलाई अक्सिजनको सपोर्टमा राखिएको न्यौपानेले बताए । तीमध्ये आधाभन्दा बढी चितवनभन्दा बाहिरी जिल्लाका बिरामी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























