चितवन विशेष
निषेधाज्ञामा पसल खोल्ने २४ व्यवसायीलाई चितवन प्रहरीले गर्यो कारवाही
०

चितवन,बैशाख २६-
निषेधाज्ञाको समयमा पसल संचालन गर्ने २४ व्यवसायीलाई चितवन प्रहरीले कारवाही गरेको छ । उनिहरुलाई ६५ सय जरिवाना तिराइएको छ । निषेधाज्ञा उलंघन गर्नेलाई धमाधम कारवाही गर्दै आएको प्रहरीले दिउसो खेलिएका पसल समेत बन्द गराउँदै हिडेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सरोज गिरीका अनुसार आइतबार २१८ वटा दुईपांग्रे सवारीसाधन र २२ वटा अन्य सवारीसाधनलाई कारवाही गरिएको छ । यस्तै आइतबार नै निषेधाज्ञा उलंघन गर्ने ३७० जनालाई होल्डमा राखिएको गिरीले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























