चितवन विशेष

चितवनका सडकमा खटिएका सुरक्षाकर्मीलाई सक्षम नेपाल अभियानद्वारा खाजापानी वितरण

Banner

चितवन, बैशाख २५
कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेकाले यसको जोखिमलाई कम गर्न जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १५ देखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै व्यावासय तथा यातायात बन्द गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरु खोल्न दिइएको छ भने खाद्य पसलहरु बिहान ९ बजेसम्म खुलेका छन् । यस्तो अवस्थामा निषेधाज्ञालाई प्रभावकारी बनाउन सडकमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

तर चितवनका सुरक्षाकर्मीहरु भोकभोकै सडकमा खटिरहेको समाचार नारायणी अनलाइनले प्रकाशन गरेपछि सामाजिक व्यक्तित्वहरुको ध्यान केन्द्रित भएको छ ।

सामाजिक संस्था सक्षम नेपाल अभियानले शुक्रबार चितवनका सडकमा खटिएका सुरक्षाकर्मीहरुलाई सेनिटाइजर, पानी, चाउचाउ र जुस वितरण गरेको छ । पुलचोकबाट सुरु भएको खाजापानी वितरण कार्यक्रम सहिदचोक, लायन्सचोक, चौविसकोठी, हाकिमचोक, बाइपास रोड हुँदै रामनगर पुगेर टुङ्गिएको थियो ।

सक्षम नेपाल अभियानका संयोजक प्रकाश थापा र सदस्यहरु रोजिना त्रिपाठी, आकांक्षा पोख्रेल र दिपक गौतम वितरण कार्यमा सक्रिय थिए । भोलि वा पर्सिमा सुरक्षाकर्मीहरुलाई पुनः प्रयोग गर्न मिल्ने खालको पन्जा वितरण गरिने अध्यक्ष थापाको भनाइ छ ।

समाजिक कार्यमा सक्रिय रहेको सो संस्थाले यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थाले यसअघिको निषेधाज्ञामा एकछाक खान धौधौ परेकाको घरमा खाद्यान्न सहयोग, दृष्टिबिहिनहरुलाई खाद्यान्न सहयोग, बेसाहारा बेवारिसेहरुलाई खाना खुवाउनुका साथै परिवारसँग पुनर्मिलन गराउने काम गरेको थियो ।

 

भोकभोकै खटिन्छन् चितवनका सुरक्षाकर्मी, न खाजा न पानी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>