चितवन विशेष

चितवनको राप्ती नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

Banner

चितवन,बैशाख २४-

चितवनको राप्ती नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । कार्यालयका केही कर्मचारीलाई कोरोना (कोभिड १९) संक्रमण देखिएपछि एक साता सम्मका लागि अत्याबश्यक बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले एक सूचना जारी गर्दै बैशाख २२ गतेदेखि २९ गतेसम्मका लागि नगरपालिका र मातहतबाट संचालन हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको जानकारी दिनुभयो । कोरोना भाइरसबाट थप क्षति हुन नदिन सचेत भएर नगरपालिकाले गतिविधि संचालन गर्ने उहाँले बताउनुभयो । भुजेलले जिल्लामा निषेधाज्ञा लागु भएकाले पूर्ण पालना गर्न समेत नगरबासीलाई आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>