चितवन विशेष
चितवनमा भोलिदेखि ठेला-रिक्सामा व्यापार गर्न नपाइने
०

चितवन, बैशाख २२
कोरोना भाइरस फैलिरहेका कारण निषेधाज्ञा जारी रहेको चितवनमा ठेला–रिक्सामा व्यापार बेच्न नपाइने भएको छ ।
आज सम्पन्न जिल्ला कोेभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले फुटपाथ तथा खुल्ला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।
गाउँघर डुल्ने ठेला रिक्साले कोरोना फैलाउन सक्ने जोखिम रहेकाले ठेला–रिक्सा सञ्चालनमा रोक लगाइएको प्रशासन कार्यालयका प्रमुख प्रेमलाल लामिछानेले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























