चितवन विशेष

गण्डकी प्रदेश प्रमुख पौडेललाई गृहजिल्ला चितवनमा स्वागत तथा सम्मान

Banner

भरतपुर,बैशाख २१-

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई गृहजिल्ला चितवनमा स्वागत तथा सम्मान गरिएको छ । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका उहाँलाई आज जिल्लाका नेता तथा कार्यकर्ताले स्वागत सम्मान गरेका हुन् ।

राप्ती नगरपालिका वडा नं ७ स्थित आफ्नै निवासमा सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरी उहाँले नेताकार्यकर्तालाई भेट गर्दै उहाँले सरकारले दिएका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिने बताउनुभयो ।

लामो समयदेखि कम्युनिष्ट पार्टीमा आबद्ध उहाँले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार तथा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघका अध्यक्ष भएर काम गरिसक्नुभएको छ । पौडेल गण्डकी प्रदेशका तेस्रो प्रदेश प्रमुख हुनुहुन्छ । यसअघि नै प्रदेश प्रमुखका रुपमा बाबुराम कुँवर र अमिक शेरचनले काम गरिसक्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>