चितवन विशेष
नारायणगढ रोटरीद्वारा ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग

चितवन, वैशाख २१-
नारायणगढ रोटरी क्लबले आज वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरलाई कोरोना राकथामका सामग्रीहरु सहयोग गरेको छ ।
क्लबका अध्यक्ष अनुकुल श्रेष्ठले प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई कोरोना रोकथामका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरू मनोज प्रधान, विज्ञानलाल श्रेष्ठ, राजेन्द्र ओली र सञ्जय श्रेष्ठ एवम् उक्त कार्यालयका प्रहरी निरीक्षक मुनेन्द्र थापाको उपस्थिति रहेको थियो ।
नेपालमा पुनः माहामारीको रूपमा पैmलिरहेको कोरोनाको दोस्रो लहर र यसले सिर्जना गरेको कठिन परिस्थितिमा पनि दैनिक रूपमा फ्रन्ट लाइनमा रहेर काम गर्नुपर्ने ट्राफिक प्रहरीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै नारायणगढ रोटरी क्लबद्वारा उक्त कार्यालयका लागि ५०० थान फेस मास्क, १० लिटर सेनिटाइजर र १२५ मिलिलिटरको स्प्रे बोटल वितरण गरिएको क्लबले जनाएको छ । सो मध्ये क्लबका पूर्वअध्यक्ष मनोज प्रधानले आप्mनो व्यवसायिक प्रतिष्ठान टाइम फर्मास्यूटिकल्सबाट उत्पादित पाँच लिटर सेनिटाइजर सौजन्य गरेको क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले नारायणी अनलाइनलाई बताए ।
























