चितवन विशेष
जबरजस्ती करणी आरोपमा चितवनमा एक पक्राउ
०

चितवन,बैशाख १८-
जिल्ला प्रहरी कार्यालय चितवनले जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। यही बैशाख १३ गते भरतपुर महानगरपालिका वडा नम्बर ६ की सुस्त मनस्थिति भएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका ४५ वर्षीय सोमबहादुर सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकरी दिनुभयो ।
इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी निरीक्षाकसहितको टोलीले उनलाई पक्राउ गरी जिल्ला प्रहरीमा बुझाएको उहाँले बताउनुभयो । आरोपित सार्कीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























