चितवन विशेष

चितवनको माडीमा बदेलको आक्रमणबाट एक जनाको मृत्यु

Banner

चितवन,बैशाख १८-

चितवनको माडीमा बदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका ८ शान्तिपुर स्थित घाँघरखोलामा बँदेलले आक्रमण गर्दा एकजनाको मृत्यु भएको हो । हिजो साँझ ५ वजेको समयमा आफ्नै बारीमा घाँस काट्न गएका स्थानिय ४२ वर्षिय नवराज ढकालको बदेलले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बँदेलको आक्रमणबाट गम्भिर घाइते ढकाललाई उपचारका लागि माडी बसन्तपुरमा रहेको अस्पताल लगिएकोमा अस्पताल पुगेपछि मृत घोषणा गरिएको थियो । निकुन्जले घेरेको माडीमा जंगली जनावरहरुको आक्रमणमा परि बर्षेनी स्थानियको ज्यान जाने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>