चितवन विशेष
चितवन निकुञ्जमा भाले गैंडा मृत फेला
०

चितवन,बैशाख १७ –
चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रको बूढीराप्ती फाँटमा बिहीबार एउटा भाले गैंडा मृत भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उक्त गैंडा अन्दाजी ३० वर्षजतिको थियो । गैंडाको खाग र खुर सुरक्षित रहेको छ । प्रारम्भिक परीक्षणले गैंडाको मृत्यु प्राकृतिक कारणले भएको देखिने उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























