कालिका

चितवनमा १० जना जुवाडे पक्राउ, ५१ हजार रुपैयाँ बरामद

Banner

चितवन,बैशाख १७-

चितवनको कालिका नगरपालिका वडा नम्बर–६ गैरीबारीमा तास खेल्दै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानिय अमर बहादुर खत्रीको घरमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रत्ननगर र प्रहरी चौकी खोले सिमलबाट खटिएको प्रहरी टोलीले १० जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिबाट प्रहरीले एक बुक तास सहित ५१ हजार ३८५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय रत्ननगरमा ल्याएर आवश्यक कारबाही अगाडि बढाइएको गिरीको भनाइ छ ।

जुवाको खालबाट प्रहरीले चितवनको कालिका नगरपालिका–९ का ३८ वर्षीय नगेन्द्र श्रेष्ठ, सोही स्थानका २४ वर्षीय किशोर थापा, कालिका–८ का ३९ वर्षीय जीवन भन्ने तुलाध्वज खत्री, सोही स्थानका ४० वर्षीय अजितकुमार बल तामाङ, ३१ वर्षीय प्रकाश थापा, ४१ वर्षीय वासुदेव खत्री, ४० वर्षीय बुद्ध बहादुर मगर, २४ वर्षीय सुमन नेपाल, १९ वर्षीय रेशम प्रजा र ३३ वर्षीय यादवकुमार चेपाङलाई पक्राउ गरिएको गिरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>